सवारी दुर्घटनामा ८ जनाको मृत्यु, १२० घाइते

  • कालिका खवर
  • मङ्लबार, भदौ ९, २०८३
  • काठमाडौँ : बितेका २४ घण्टामा विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा ८ जनाको मृत्यु भएको छ। दुर्घटनामा परेर अन्य १ सय २० जना घाइते भएका छन्। उदयपुरमा ३ जना, स्याङ्जामा २ जना, तनहुँ, कञ्चनपुर र ललितपुरमा १ १ जनाको सवारी दुर्घटनामा परेर मृत्यु भएको हो।

    त्यसैगरी दुर्घटनामा परेर काठमाडौँ उपत्यकामा ९ जना, बागमती प्रदेशमा ५, गण्डकीमा १५, कर्णालीमा ६, सुदूरपश्चिममा १०, लुम्बिनीमा ९, मधेसमा ४६ र कोसीमा २० जना घाइते भएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar