१३ वर्षीया बालिकालाई यौन धन्दामा लगाउने दुई जना पक्राउ

  • कालिका खवर
  • मङ्लबार, भदौ ९, २०८३
  • झापा : झापाको दमकमा १३ वर्षीया बालिकालाई ललाइफकाइ होटलमा पुर्‍याएर यौन धन्दामा लगाएको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

    पक्राउ पर्नेहरूमा मोरङको केराबारी गाउँपालिका वडा नं.९ देवीझोडा घर भई दमक क्षेत्रमा बस्दै आएकी जुनु भन्ने पार्वती ऋषिका र झापाको दमक नगरपालिका वडा नं. ८ बस्ने ५५ वर्षका गणेशप्रसाद अधिकारी रहेका छन्।

    गत साउन ३१ गते घरबाट आफूखुसी हिँडी सम्पर्कविहीन भएकी ती बालिकालाई खोजतलास गरिपाउँ भनी आफन्तले इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिएका थिए। प्रहरीले खोजतलास गर्ने क्रममा भदौ ४ गते बालिकालाई फेला पारेको थियो।

    अनुसन्धानका क्रममा पार्वती ऋषिकाले ती बालिकालाई ललाइफकाइ गणेशप्रसाद अधिकारीले सञ्चालन गरेको मनकामना होटल एन्ड लजमा पुर्‍याएको खुलेको हो । प्रहरीका अनुसार सो होटलमा लगेर बालिकालाई यौन धन्दामा लगाइएको थियो ।

    प्रहरीले पक्राउ परेका दुवै जनालाई भदौ ७ गते झापा जिल्ला अदालतमा पेस गरी मानव बेचबिखन तथा ओसारपसार कसुरमा म्याद थप अनुमति लिएर अनुसन्धान अघि बढाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar