इन्दिरा राना र बादलका शब्द संसदको रेकर्डबाट हटाइए

  • कालिका खवर
  • सोमवार, भदौ ८, २०८३
  • काठमाडौँ : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा राना मगरका तीन र नेकपा (एमाले) संसदीय दलका नेता रामबहादुर थापाले प्रतिनिधि सभा बैठकमा राखेका चार वटा शब्दहरू संसदको अभिलेखबाट हटाइएको छ।

    प्रतिनिधि सभाको सोमबारको बैठकमा सभामुख डोलप्रसाद अर्यालले सांसद राना र नेता थापाले प्रयोग गरेका अमर्यादित शब्दहरू अभिलेखबाट हटाउन निर्देशन दिएका छन्। सभामुख अर्यालले भदौ १ गतेको सभाको बैठकमा इन्दिरा राना मगरले बोल्ने क्रममा प्रयोग गरेका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ भन्ने अमर्यादित तथा अनावश्यक शब्दहरू संसदको रेकर्डबाट हटाउन निर्देशन दिए।

    साथै भदौ ३ गते एमाले संसदीय दलका नेता थापाले प्रयोग गरेका ‘नागरिकहरुको बली’, ‘पाकिस्तानी मोडल, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ भन्ने शब्दहरू अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिएका हुन्।

    उनले भने, ‘मिति २०८१ भदौ १ गतेको बैठकमा इन्दिरा राना मगरले बोल्ने क्रममा प्रयोग गर्नुभएका ‘भालु’, ‘वेश्या’ र ‘साइबर सेना’ भन्ने अमर्यादित तथा अनावश्यक शब्दहरु एवं मिति २०८३ भदौ ३ गतेको बैठकमा माननीय सदस्य रामबहादुर थापाले प्रयोग गर्नुभएका ‘नागरिकहरुको बली’, ‘पाकिस्तानी मोडल, ‘नर्थ कोरिया मोडल’ र ‘अमेरिका’ भन्ने शब्दहरु अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु।’

    सभामुख अर्यालले छिमेकी मित्रराष्ट्रको शासकीय अभ्यासको विषयहरूलाई गलत अर्थ लाग्नेगरी नोपलको शासकीय अभ्यासको सन्दर्भसँग जोडेर उल्लेख नगर्न समेत सांसदहरूको ध्यानाकर्षण गराए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar