केन्द्रीय समिति बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्छ : गगन थापा

  • कालिका खवर
  • शनिबार, साउन २३, २०८३
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको केन्द्रीय समितिको बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताएका छन् ।

    स्वर्गीय श्यामबहादुर कार्कीको १९औं स्मृति दिवसमा भक्तपुरमा आयोजित रक्तदान कार्यक्रममा सभापति थापाले साउन २४ गतेदेखि सुरु हुने केन्द्रीय कार्यसमिति बैठकपछि महाधिवेशनको प्रक्रिया अघि बढ्ने बताएका हुन् । उहाले पार्टीलाई मौलिक इतिहास, त्याग र जगमा फर्काउँदै नयाँ ढंगले अघि बढाइने उल्लेख गरे ।

    सभापति थापाले पार्टीलाई सत्ता र शक्ति चाहिने भए पनि सिद्धान्तसँग सम्झौता गरेर प्राप्त हुने सत्ताको केही पनि अर्थ नरहेको उल्लेख गरे । उनले सेवा भाव र नागरिकको अधिकारका लागि गरिने राजनीति अहिलेको आवश्यकता रहेको धारणा राखे ।

    बिपी कोइराला, गणेशमान सिंह, र कृष्णप्रसाद भट्टराईजस्ता शीर्ष नेताहरूले पद र सत्ताका लागि सिद्धान्तसँग कहिल्यै सम्झौता नगरेको उनले स्मरण गरे । कार्यक्रममा विद्यार्थीहरुलाई स्कुल ब्याग तथा स्टेशनरी सामाग्री वितरण गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar