अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित महालक्ष्मी विकास बैंक, ‘राइजिङ स्टार–ग्रोथ’ विधामा उत्कृष्टता

  • कालिका खवर
  • आइतवार, साउन १०, २०८३
  • काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेड भारतको प्रतिष्ठित इन्डियन चेम्बर अफ कमर्स (ICC), कोलकाता द्वारा प्रदान गरिने अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ। बैंकले ‘राइजिङ स्टार–ग्रोथ (Rising Star–Growth)’ विधाअन्तर्गत सम्मान प्राप्त गरेको हो।

    नयाँ दिल्लीमा जुलाई २४, २०२६ मा आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कनक्लेभ एन्ड अवार्ड्स’ कार्यक्रममा बैंकलाई उक्त सम्मान प्रदान गरिएको हो। कार्यक्रममा भारत, नेपाल, श्रीलंका, म्यानमार र बंगलादेशका बैंक तथा वित्तीय संस्थाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    बैंकका अनुसार डिजिटल बैंकिङ सेवाको विस्तार, नवीन वित्तीय उत्पादनहरूको विकास, व्यवसाय विस्तार तथा वित्तीय पहुँच अभिवृद्धिमा पुर्‍याएको योगदानका आधारमा महालक्ष्मी विकास बैंकलाई यो अन्तर्राष्ट्रिय सम्मान प्रदान गरिएको हो। यस अवार्डले अन्तर्राष्ट्रिय बैंकिङ क्षेत्रमा बैंकको पहिचानलाई थप सुदृढ बनाउने विश्वास बैंकले व्यक्त गरेको छ।

    महालक्ष्मी विकास बैंकले गत वर्ष पनि ‘एसेट्स क्वालिटी’ विधाअन्तर्गत अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको थियो। लगातार दोस्रो वर्ष अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल हुनु बैंकको संस्थागत क्षमता, सेवा गुणस्तर तथा व्यवसायिक विस्तारको अन्तर्राष्ट्रिय मान्यताका रूपमा हेरिएको छ।

    ‘सबल बैंक, सफल सहकार्य’ भन्ने नारालाई आत्मसात् गर्दै गुणस्तरीय तथा प्रविधिमैत्री वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले हालै काठमाडौं महानगरपालिका–३०, ज्ञानेश्वरमा कफी लाउञ्जसहितको आधुनिक डिजिटल हब समेत सञ्चालनमा ल्याएको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar