सहयोगीलाई दियो उदय खर्कले सम्मान, विद्यालयसँगसँगै स्थानीय तह ः वडा अध्यक्ष न्यौपाने

  • कालिका खवर
  • मङ्लबार, असार ३०, २०८३
  • ललितपुर – गोदावरी नगरपालिकाको वडा नम्बर १० मा अवस्थित श्री उदय खर्क माध्यमिक विद्यालयले गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सहयोग गर्ने सहयोगीहरुलाई सम्मान गरेको छ । विद्यार्थीको शैक्षीक गुणस्तर उकास्न पोसाक, स्टेसनरी तथा अन्य शुल्क तिरेर सहयोग गर्नेहरुलाई विद्यालयले प्रशंशापत्र सहित सम्मान गरेको हो ।

    सावित्रीदेवी धीताल अक्षय कोषका संरक्षक गोपालहरि पोखरेल , कृष्ण प्रसाद तथा सावित्रीदेवि न्यौपाने अक्षय कोषका संरक्षक शम्भूप्रसाद न्यौपानेलाई यस विद्यालका ब्यवस्थापन समिती अध्यक्ष एवं वडा अध्यक्ष शेखर न्यौपानेले कदरपत्र सहित सम्मान गरे ।

    दुबै अक्षयकोष १ लाख ११ हजार १ सय ११ रुपैयाँ रहेको छ । सावित्रीदेवी धिताल कोषबाट एसईई परिक्षामा विद्यालयबाट सर्वोउत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई तथा कृष्ण प्रसाद – सावित्रीदेवि न्यौपाने अक्षय कोषबाट आधारभूत तह परिक्षामा विद्यालयबाट उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई सम्मान गरीएको हो ।

    यसैगरी वार्षिक १० हजारका दरले ५ वर्ष सहयोग गर्ने समाजसेवी राजु न्यौपाने , अमेरिकामा बस्दै आएका पूर्व विद्यार्थी सुमन विष्टले २५ हजारका दरले २ वर्ष सहयोग गरेका छन् । समाजसेवी शम्भूप्रसाद न्यौपानेले २५ हजार नगद सहयोग गरेका थिए । यसैगरी पूर्व विद्यार्थी रामकाजी नगरकोटीले १९ हजार ५ सय , राधाकृष्ण बस्नेतले १३ हजार ५ सय , अमृत न्यौपानेले १० हजार , सुबास न्यौपानेले १० हजार नगद सहयोग गरेका थिए ।

    यस्तै कुमार विष्टले ७ हजार २ सय ५० , पूर्व विद्यार्थी कृष्ण मूरारी पुडासैनीले ६ हजार तथा पूर्व विद्यार्थी नवीन लुईटेल र प्रधानअध्यापक हरि काँफ्लेले ५–५ हजार सहयोग गरेका थिए ।

    यसैगरी वडा सदस्य शान्तमणी चालिसेले १० जोर तयारी पोसाक, बाबुकृष्ण विष्टले इसिडि र एलकेजीका विद्यार्थीलाई स्टेसनरी सामग्री, बालमुकुन्द खड्काले सरसफाइको खर्चका लागि २४ हजार सहयोग गरेका थिए । यस्तै विक्रम देशारले निशुल्क प्राविधिक सहयोग गरेका थिए ।

    वडा अध्यक्ष शेखर न्यौपानेले यो विद्यालयसँगसँगै स्थानीय तह रहेको बताए । उनले अन्यत्र छात्रवृत्तिका विषयमा प्रश्न उठ्ने गरेतापनि उदय खर्क यो विषयमा असाध्यै सङ्लो रहेको स्पष्ट पारे । ‘आर्थिक अनुशासनमा उदय खर्क अब्बल छ ’ , उनले भने ,‘ सामुदायिक शिक्षाको विषयमा उदय खर्क उदाहरणीय छ । ’
    किताब र पोसाक नपाएर विद्यालय जान नपाउने बाध्यता टरिसकेपनि अझैपनि सामुदायिक विद्यालयको गुणस्तरका विषयमा शंका गरिरहदा संख्यात्मक हिसाबले विद्यार्थी बढाउन नसकीएकोमा दुख ब्यक्त गरे । उनले विद्यार्थीहरुमा भावनात्मक हिसाबले जोडिरहन विद्यालय वसको सुरुवात गरिसकिएको बताए ।

    विद्यालयका प्रधानाअध्यापक हरि प्रसाद काफ्लेले केही वर्षयता विद्यालयमा विद्यार्थीको संख्यात्मक बृद्धि भएसँगै गुणतरमा पनि सुधार आएको बताए । उनले सहयोगी मनहरुको प्रयासले आफूहरु झन् उत्साहि भएको प्रतिक्रिया दिए ।

    पत्रकार एवं पूर्व विद्यार्थी नवीन लुईटेलले आर्थिक अवस्थाकै कारण विद्यार्थीले पढाई गुमाउन नपरोस् भन्ने चाहना रहेको बताए । उनले आफ्नो पढ्ने समयमा झ्यालुन्टार, सल्यान , मुलडोल, विष्टगाउँ , बोहोराटार र घ्याम्पेडाँडाका साथीहरुले आर्थिक अवस्थाकै कारण विद्यालय शिक्षा पार गर्न नसकेको यथार्थ उजागर गरे ।

    ‘ सानो सहयोग पनि कसैलाई पढ्न दिने अवसर बन्न सक्छ भने हामीले त्यो अवसर सिर्जना गरिदिनुपर्छ ’, उनले भने, ‘ आफ्नो गाउँको इतिहास बोकेको विद्यालय जोगाउनका लागी सबैको योगदान महत्वपूर्ण हुनेछ । ’

    समाजसेवी शम्भूप्रसाद न्यौपाने र राजु न्यौपानेले आफ्नो सहयोग यस विद्यालयमा सधैँ रही रहने वचन दिए । वडामा रहेका दुई वटा सामुदायिक विद्यालयमा कक्षा १० सम्म पढाइ हुने उदयखर्क मात्र रहेको छ।

    केही समय पहिले विद्यार्थीको राम्रो संख्या भएको उदय खर्कमा पढाइ पनि राम्रो नै थियो। २०६० सालको एसएलसीमा सबै उतिर्ण भएर विद्यालय ललितपुर जिल्लामै त्रिपद्य विद्यालयपछि उत्कृष्ट सामुदायिक विद्यालय बनेको थियो।

    २०६६ सालपछि खस्कँदै गएको विद्यालयमा राजनीति हावि भएको थियो। ५ सय विद्यार्थीबाट खस्कँदै डेढ सय सम्म झरेको विद्यार्थी संख्या यो शैक्षिक सत्रमा ३ सय १६ जना रहेको प्रअ काफ्ले बताउँछन्। यो शैक्षिक सत्रमा ७२ जना नयाँ विद्यार्थी भर्ना भएको उदय खर्कमा खाजा खानका लागि आफ्नै चमेना गृह छ।

    विद्यालयले हरेक शुक्रबार अतिरिक्त कृयाकलाप गराइरहेको छ। विद्यालयको आफ्नै वर्षभरिको क्यालेन्डर रहेको छ। मोबाइल, ल्यापटपमा विद्यार्थीहरूको लत नबसोस् भनेर विद्यालयमा बिहान बिहान कराँते सिकाउन थालिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar