रोशन अधिकारीले अघि सारे पारदर्शी र उत्तरदायी आर्थिक व्यवस्थापनको एजेन्डा

  • कालिका खवर
  • बिहिबार, असार २५, २०८३
  • काठमाडौं। ठमेल पर्यटन विकास परिषद्को २०८३ असार २७ गते हुने निर्वाचनलाई लक्षित गर्दै अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानलबाट रोशन अधिकारी कोषाध्यक्ष पदका उम्मेदवारका रूपमा चुनावी मैदानमा उत्रिएका छन्। परिषद्को आर्थिक व्यवस्थापनलाई थप पारदर्शी, व्यवस्थित र उत्तरदायी बनाउने लक्ष्यसहित उनले आफ्नो उम्मेदवारी प्रस्तुत गरेका हुन्।

    रोशन अधिकारीले परिषद्को प्रत्येक आर्थिक गतिविधिलाई विधिसम्मत, पारदर्शी र सदस्य व्यवसायीप्रति जवाफदेही बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्। परिषद्को आम्दानी–खर्चलाई आधुनिक प्रणालीमार्फत व्यवस्थित गर्दै सदस्यहरूलाई समयमै आर्थिक विवरण उपलब्ध गराउने, संस्थाको वित्तीय अनुशासनलाई अझ सुदृढ बनाउने तथा परिषद्को स्रोत–साधनको प्रभावकारी परिचालनमा विशेष जोड दिने उनले बताए।

    कोषाध्यक्ष पदका उम्मेदवार रोशन अधिकारीले भने, “परिषद्को आर्थिक पक्ष संस्थाको मेरुदण्ड हो। सदस्य व्यवसायीको विश्वास कायम राख्ने गरी पूर्ण पारदर्शिता, वित्तीय अनुशासन र उत्तरदायित्वका साथ काम गर्ने मेरो प्रतिबद्धता छ। परिषद्को प्रत्येक रुपैयाँ संस्थाको उद्देश्य र व्यवसायीको हितमा खर्च हुने सुनिश्चित गर्न म सधैं जिम्मेवार रहनेछु।”

    उनले परिषद्लाई आर्थिक रूपमा अझ सक्षम, आत्मनिर्भर र परिणाममुखी संस्था बनाउन नयाँ योजना अघि सारिने उल्लेख गर्दै व्यवसायीहरूको सहभागिता र विश्वासलाई अझ मजबुत बनाउने बताए। साथै, पर्यटन प्रवर्द्धनका कार्यक्रम, व्यवसायीको क्षमता विकास तथा ठमेलको अन्तर्राष्ट्रिय प्रवर्द्धनका लागि आवश्यक आर्थिक व्यवस्थापनलाई प्रभावकारी बनाउने लक्ष्य रहेको उनको भनाइ छ।

    अध्यक्षका उम्मेदवार प्रश्रय राजभण्डारी नेतृत्वको व्यवसायिक प्यानलले अनुभवी, सक्रिय र व्यवसायप्रति प्रतिबद्ध टोलीमार्फत परिषद्लाई नयाँ दिशा दिने लक्ष्य लिएको जनाएको छ। आगामी असार २७ गते हुने निर्वाचनमा सम्पूर्ण सदस्य व्यवसायीलाई सक्षम, पारदर्शी र उत्तरदायी नेतृत्व चयन गर्न आग्रह गर्दै कोषाध्यक्ष पदका उम्मेदवार रोशन अधिकारीले आफ्नो पक्षमा अमूल्य मत प्रदान गर्न हार्दिक अपिल गरेका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar