मन्त्रीको आलोचना गर्दा पक्राउ परेका स्वास्थ्यकर्मी २० घण्टामा रिहा

  • कालिका खवर
  • मङ्लबार, असार २३, २०८३
  • जनकपुरधाम । स्वास्थ्यमन्त्री निशा मेहताविरुद्ध फेसबुकमा आलोचनात्मक सामग्री पोस्ट गरेपछि पक्राउ परेका स्वास्थ्यकर्मी नवेशकुमार यादव (अधिकारी)लाई करिब २० घण्टापछि प्रहरीले रिहा गरेको छ।

    जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार उनीविरुद्ध हालसम्म कुनै औपचारिक उजुरी वा कसुर पुष्टि हुने प्रमाण नदेखिएकाले सम्झाइबुझाइप छाडिएको हो। प्रहरी स्रोतका अनुसार उनलाई माथिल्लो निकायको निर्देशनमा नियन्त्रणमा लिइएको थियो।

    बाराको गढीमाइ नगरपालिका निवासी अधिकारीलाई सोमबार साँझ जनकपुरधामबाट पक्राउ गरिएको थियो। पक्राउको घटनापछि स्वास्थ्यकर्मीहरूले विरोध जनाएका थिए भने सामाजिक सञ्जालमा पनि अभिव्यक्ति स्वतन्त्रतासँग जोडेर सरकार र प्रहरीको भूमिकामाथि प्रश्न उठाइएको थियो।

    अधिकारीले केही दिनअघि स्वास्थ्य क्षेत्रमा देखिएका सेवा–सुविधा, दरबन्दी अभाव र पेशागत असुरक्षाको विषय उठाउँदै सामाजिक सञ्जालमा स्वास्थ्यमन्त्रीको आलोचना गरेका थिए। उनले सार्वजनिक गरेको पोस्टमा मन्त्रीको तस्बिरमा रातो क्रस चिन्ह राख्दै असन्तुष्टि व्यक्त गरेका थिए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar