सिँचाइ विभागको नक्कली कार्यालय खोलेर ठगेको आरोपमा दम्पती पक्राउ

  • कालिका खवर
  • बिहिबार, जेष्ठ २८, २०८३
  • काठमाडौँ । बर्दियामा सिँचाइ विभागको नक्कली कार्यालय खोलेर ठगेको आरोपमा बिहीबार प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बर्दियाको ठाकुरबाबा नगरपालिका–३ घर भएका २४ वर्षीय घनश्याम न्यौपाने र उनकी पत्नी कृपा चौधरी छन्।

    उनीहरुले बर्दियाका ठाकुरबाबा नगरपालिका–३ स्थित बगनाह बजारमा रहेको घरमा ‘प्रगन्ना तथा बड्कापथ सिँचाइ विभाग’ नामको फर्जी कार्यालय खोलेर ठगी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

    कार्यालय मार्फत कर्मचारी नियुक्ति र मजदुरी काममा लगाउने प्रलोभन देखाएर उनीहरुले ठगी धन्दा चलाएको जिल्ला प्रहरी कार्यालय बर्दियाका एक जना अधिकृतले बताए ।

    उनीहरूले सरकारी कार्यालयको छाप र कागजात नक्कली रूपमा प्रयोग गर्ने गरेको भेटिएको छ । प्रहरीले उनीहरू विरूद्ध लिखत सम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar