घरायसी विवादमा श्रीमतीको हत्या, ८ वर्षीय छोरा घाइते

  • कालिका खवर
  • बिहिबार, जेष्ठ २१, २०८३
  • काठमाडौं । भक्तपुर नगरपालिका–१० छालिङमा भाडाको कोठामा बस्दै आएका एक पुरुषले श्रीमतीको हत्या गरेका छन् ।

    शंकरापुर नगरपालिका–६ नाङ्लेभारेका ३८ वर्षीय विदुर विश्वकर्माले घरायसी विवादमा आफ्नी ३३ वर्षीया श्रीमती सलिना तोलाङ्गे विश्वकर्मामाथि खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

    घटनामा ८ वर्षीय छोरा त्रिशल घाइते भएका छन् । हत्या आरोपमा विदुरलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar