एनओसी र पेलियटबिच प्रायोजन सम्झौता

  • कालिका खवर
  • बुधबार, जेष्ठ १३, २०८३
  • ललितपुर– एसियाली खेलकुदका लागि नेपाल ओलम्पिक कमिटीले मङगलबार चिनियाँ स्पोर्टिङ किट ब्रान्ड पेलियटसँग प्रायोजन सम्झौता गरेको छ । सातदोबाटोस्थित एनओसी भवनमा पेलियटका उपाध्यक्ष चाओ ली र एनओसी अध्यक्ष जीवनराम श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

    सो सम्झौताअनुसार पेलियटले २०औं एसियाली खेलकुद र दुई वर्षपछि हुने लस एन्जलस ओलम्पिक २०२८ मा भाग लिने नेपाली खेलाडीहरुलाई खेल सामाग्री उपलब्ध गराउनेछ ।
    यसैगरी ओलम्पिक कमिटीले पनि आफ्नो प्रचारप्रसारको माध्यममा पेलियटलाई पनि स्थान दिनेछ । गत महिना चीनको सान्यामा सम्पन्न एसियन बिच गेम्समा पनि पेलियटले नेपाली खेलाडीलाई खेल समाग्री उपलब्ध गराएको थियो ।

    एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले एसियन गेम्सदेखि एलए ओलम्पिकसम्म नेपाली खेलाडीले पेलियट ब्रान्डकै पोशाक लगाउने जानकारी दिए । उनले भने – पेलियटको गुणस्तर पनि राम्रो भएकोले यस बान्डलाई पार्टनरको रुपमा स्वीकारेका हौँ । पेलियोटको पोशाकले नेपाली खेलाडीको आकर्षण पनि बढाउनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar