स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक जोशी पक्राउ

  • कालिका खवर
  • मङ्लबार, बैशाख २२, २०८३
  • काठमाडौं । स्मार्ट टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जोशीलाई ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी कसूरमा सोमबार काठमाडौंको खुर्सानीटारबाट पक्राउ गरेको हो । हाल स्मार्ट टेलिकम बन्द रहेको छ ।

    नवीकरण नगरेकोले २०८० वैशाख ३ गते अनुमति पत्र स्वतरद्द भएको थियो । सरकारको स्वामित्वमा आइसकेको टेलिकमको सम्पत्तिमा बेइमानीपूर्वक सरकारको हक टुटाउने उद्धेश्यका साथ काम गरेको पाइएपछि जोशीलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar