भक्तपुरमा टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

  • कालिका खवर
  • सोमवार, बैशाख २१, २०८३
  • भक्तपुर : भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको टिपरले ठक्कर दिँदा एक भारतीय नागरिकको मृत्यु भएको छ ।

    टिपरको ठक्करबाट पैदलयात्री ४३ वर्षीय भारतीय नागरिक विसुनदेव सहनीको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षण स्वरूप शर्माले जानकारी दिए ।

    काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० ज्यामिरे घरभई बनेपा बस्दै आएका टिपर चालक ३६ वर्षीय श्यामकुमार तामाङलाई भने प्रहरीले पक्राउ गरी घटनाबारे थप अनुसन्धान सुरु गरेको उनले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar