केटीएमको ‘४५० र्‍याली रेप्लिका’ सार्वजनिक, विश्वभर १०० युनिट मात्र उपलब्ध

  • कालिका खवर
  • आइतवार, बैशाख २०, २०८३
  • काठमाडौं । अष्ट्रियन मोटरसाइकल निर्माता KTM ले ‘४५० र्‍याली रेप्लिका’ सार्वजनिक गरेको छ। विश्वभर जम्मा १०० युनिट मात्र उपलब्ध हुने यस विशेष संस्करणलाई कम्पनीले डकार र्‍याली विजयको उत्सवस्वरूप बजारमा ल्याएको जनाएको छ।

    र्‍याली विजेता बाइकबाट प्रेरित यो मोटरसाइकलमा ४४९.४ सीसीको लिक्विड–कूल्ड सिंगल सिलिन्डर इन्जिन जडान गरिएको छ, जसमा ६–स्पीड गियरबक्स उपलब्ध छ। र्‍याली–विशेष गियरिङका साथै ब्रेम्बो हाइड्रोलिक क्लचले यसलाई उच्च प्रदर्शन क्षमतासहित प्रस्तुत गरेको छ।

    सस्पेन्सनतर्फ अगाडि ३०४ मिलिमिटर र पछाडि २८० मिलिमिटर ट्राभलसहित पूर्ण रूपमा समायोजन गर्न मिल्ने डब्लूपी सस्पेन्सन जडान गरिएको छ। ब्रेकिङका लागि ब्रेम्बो ब्रेक र हल्का तौलका लागि टाइटेनियमबाट बनेको अक्रापोभिक एक्जस्ट समावेश गरिएको छ।

    यो बाइकमा कुल ३५ लिटर क्षमताका तीनवटा फ्युल ट्यांकी राखिएको छ, जसले लामो दूरीका र्‍याली यात्राका लागि उपयुक्त बनाउँछ। साथै, डिजिटल रोडबुकका लागि कार्बन फाइबर माउन्ट, ब्रेक डिस्क गार्ड र ट्याङ्क प्याड जस्ता प्रिमियम फिचरहरू पनि समावेश गरिएका छन्।

    यससँगै KTM ले ‘४५० र्‍याली रेप्लिका लुसियानो बेनाभिड्स फ्याक्ट्री एडिसन’ पनि सार्वजनिक गरेको छ, जसको विश्वभर जम्मा ८ युनिट मात्र उत्पादन गरिनेछ। विशेष लिभरीसहितको यो संस्करण संग्रहकर्ता र र्‍याली पारखीका लागि लक्षित गरिएको कम्पनीले जनाएको

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar