जेन्जी आन्दोलनका सहिदको सम्मानमा सालिक अनावरण

  • कालिका खवर
  • शनिबार, बैशाख १९, २०८३
  • जानकी : गत भदौ २३ गते जेन्जी आन्दोलनका क्रममा सहादत प्राप्त गरेका बाँके, नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बौझीका इन्जिनियर सुलभराज श्रेष्ठ र आयुष थापाको सालिक अनावरण गरिएको छ ।

    सहिदद्वयको सोही वडामा अर्धकदको सालिक स्थापना गरी अनावरण गरिएको हो । त्यस अवसरमा सहिद परिवारको तर्फबाट आयुष थापाका बुवा सुशील थापा र आमा पुनम थापाले माल्यार्पण गरे । सहिदका परिवारजनसँगै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट, वडा नम्बर १ का वडाध्यक्ष प्रमोद रिजाललगायत विभिन्न व्यक्तित्वहरूले दीप प्रज्वलन तथा माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए ।

    नगरप्रमुख बिष्टले भने, “सुशासन, भ्रष्टाचार नियन्त्रण र समृद्ध नेपालको लागि उनीहरूले देखेको सपना पूरा गर्न सके मात्रै सच्चा श्रद्धाञ्जली हुनेछ ।” नगरप्रमुख बिष्टले सहिद सुलभराज श्रेष्ठ र आयुष थापाको नाममा विशालनगर क्षेत्रमा प्रवेशद्वार निर्माण भइरहेको जानकारी दिँदै उनीहरूको स्मृतिलाई सदैव जीवित राखिने बताए ।

    वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले भने, “सहिदहरूको बलिदानलाई सम्मान गर्दै उनीहरूले देखाएको बाटोमा अघि बढ्नु हाम्रो कर्तव्य हो ।”

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar