बुद्धनगरका स्थानीयले घरको भित्तामा टाँसे लालपूर्जा

  • कालिका खवर
  • शुक्रबार, बैशाख १८, २०८३
  • काठमाडौं । काठमाडौंको बुद्धनगरस्थित बागमती किनारका स्थानीयले घरको भित्तामा लालपूर्जा टाँसेका छन् । सरकारले आज सुकुम्बासी बस्तीमा डोजर चलाइरहँदा स्थानीयले घरको भित्तामा जग्गाको लालपूर्जा र घरको नक्सा टाँसेका हुन्।

    वैधानिक भए पनि हुलमुलमा डोजर चल्ने डरले उनीहरूले लालपूर्जा टाँसेका हुन् । भत्काउने लाइनमै रहेका तर कागजात भएकाहरुले यसो गरेका हुन्। अनधिकृत संरचना भत्काउन बुद्धनगर क्षेत्रमा डोजर पुगिसकेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar