डोजर चलेको सुकुमबासी बस्तीमा पुगे आईजीपी कार्की

  • कालिका खवर
  • आइतवार, बैशाख १३, २०८३
  • काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्की मनोहरा नदी किनारको सुकुमबासी बस्तीमा पुगेका छन् । ठुलो सङ्ख्यामा प्रहरी परिचालन गरेर मनोहरा नदी किनारको दुवैतर्फ आइतबार बिहानदेखि डोजर चलाएर बस्ती खाली गराइँदैछ ।

    भूमिविहीन नागरिकलाई सुरक्षित स्थानान्तरण गर्ने कार्यको वस्तुस्थिति अवलोकन गर्न आईजीपी कार्की जडीबुटीस्थित मनोहरा फाँटमा पुगेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । कार्कीले सुरक्षा अवस्था र भूमिहीनलाई स्थानान्तरण कार्यको वस्तुस्थिति अवलोकन गरेर फर्केका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar