विराटनगरमा मध्याह्नमै अँध्यारो, हावाहुरीसहित ‘ठूलो’ वर्षा

  • कालिका खवर
  • आइतवार, बैशाख १३, २०८३
  • विराटनगर । मोरङको विराटनगरमा आइतबार (वैशाख १३) मध्याह्नमै रात परेझैँ अँध्यारो भएको छ । मौसम बदलीसँगै हावाहुरीसहित ‘ठूलो’ वर्षा भएपछि जनजीवन प्रभावित बनेको छ ।

    करिब मध्याह्नतिर केही समय आकाश बादलले ढाकिएपछि अँध्यारो भएको थियो । तीव्र हावाहुरीसँगै परेको वर्षाले सडक जलमग्न भएको छ । आवतजावतमा समस्या उत्पन्न भएको छ ।

    देशका धेरै स्थानमा आज वर्षाको पूर्वानुमान छ । विशेष गरी कोसी प्रदेशमा घामको सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar