नेतृत्वले उपलब्धिको जस लिएजस्तै क्षतिको पनि जिम्मेवारी लिनुपर्छ : विष्णु पौडेल

  • कालिका खवर
  • बुधबार, बैशाख ९, २०८३
  • काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले सरकारको नेतृत्व गरेको पार्टी चुनावमा नराम्रोसँग सडकमा पछारिएको विषयमा गम्भीर समीक्षा गर्नुपर्ने बताएका छन्।

    पार्टी स्थापना दिवसको अवसरमा शुभकामना दिँदै निर्वाचनमा नेपाली मतदाताको अत्यधिक ठुलो हिस्साले पार्टीलाई अस्वीकार गरेको बताएका छन्।

    उनले भनेका छन्, ‘हामीले कुनै द्विविधा राख्नु हुँदैन, हिजोको सफलतामा हाम्रो योगदान र योग्यताको निर्णायक भूमिका थियो र आजको असफलता र पराजयमा पनि हाम्रै गल्ती, कमजोरी र अयोग्यताको निर्णायक भूमिका छ ।’

    नीति, नेतृत्व, सङ्गठन र कार्यशैलीमा रहेका गल्ती, कमजोरीहरूलाई स्वीकार गर्न र सच्याउनुपर्ने बताएका छन्।

    उनले थपेका छन्, ‘हामीले सफलता र उपलब्धिको जस लिएजसरी नै पराजय र क्षतिको पनि जिम्मेवारी लिन जरुरी छ । समयको निर्देश अनुरूप समग्र पार्टीलाई पुनर्गठन गर्न र नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ ढङ्गले अगाडी बढाउन जरुरी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar