कर्पोरेट टि-१० लिगको ईनर्जी पार्टनरमा ‘एक्सट्रिम इनर्जी ड्रिंक’

  • कालिका खवर
  • सोमवार, बैशाख ७, २०८३
  • गोदावरी (चापागाउँ)–कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ उत्साह थप्दै एक्सट्रिम इनर्जी ड्रिंकले कर्पोरेट टि-१० लिगको लागि आधिकारिक “ईनर्जी पार्टनर” को रूपमा सम्झौता गरेको छ। काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. का निर्देशक ज्योति भण्डारी र एक्सट्रिम इनर्जी ड्रिंकका ईभेन्ट म्यानेजर सुजल राणा बीच आज औपचारिक हस्ताक्षर सम्पन्न भएको छ।

    कार्यक्रममा दुवै पक्षले खेलकुद प्रवर्द्धन र कर्पोरेट क्षेत्रलाई प्रोत्साहन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। यस सम्झौता अनुसार एक्सट्रिम इनर्जी ड्रिंकले कर्पोरेट टि-१० लिगलाई आर्थिक तथा प्रत्येक खेलका ‘म्यान अफ ड म्याच’ लाई आकर्षक गिफ्ट ह्याम्पर प्रदान गर्ने सहमति भएको छ।

    कर्पोरेट टि-१० लिगका लागि ईनर्जी पार्टनरका रूपमा एक्सट्रिम इनर्जी ड्रिंक सँग भएको सहकार्यप्रति दुवै पक्षले उत्साह व्यक्त गरेका छन्। एक्सट्रिम इनर्जी ड्रिंकका ईभेन्ट म्यानेजर सुजल राणाले यस सहकार्यले खेलाडीहरूको ऊर्जा र प्रदर्शनलाई नयाँ उचाइमा पुर्याउने विश्वास व्यक्त गरे। उनले यो साझेदारी केवल ब्रान्ड प्रवर्द्धन मात्र नभई खेलप्रतिको जोश र उत्साहलाई अझ मजबुत बनाउने प्रयास रहेको बताए।

    काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. का निर्देशक ज्योति भण्डारीले एक्सट्रिम इनर्जी ड्रिंक जस्तो ब्रान्डसँगको सहकार्यलाई महत्वपूर्ण उपलब्धिका रूपमा लिएका छन्। उनले पछिल्लो समय एक्सट्रिम इनर्जी ड्रिंक खेलकुद क्षेत्रमा प्रायोजनमा निकै सक्रिय रहेको उल्लेख गर्दै यसलाई ईनर्जी पार्टनर का रूपमा पाउनु आफूहरूका लागि खुशीको विषय भएको बताए । साथै, यस साझेदारीले लिगलाई थप सशक्त र प्रभावशाली बनाउनुका साथै कर्पोरेट खेलकुद क्षेत्रमा नयाँ अवसरहरू सिर्जना गर्ने विश्वास व्यक्त गरे।

    काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि. द्वारा आयोजना हुन लागेको कर्पोरेट टी–१० लिग वैशाख १० देखि १७ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न कर्पोरेट टिमहरूको सहभागिता रहनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar