सप्तरीका एसपी केसीमाथि छानबिन सुरू

  • कालिका खवर
  • सोमवार, बैशाख ७, २०८३
  • सप्तरी । सप्तरीको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) गौतम केसीमाथि छानबिन सुरू भएको छ ।

    एसपी केसी र एक व्यक्तिबीचको विवादास्पद फोन संवाद सार्वजनिक भएसँगै उनीमाथि छानबिन थालिएको हो ।

    मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) गोविन्द थपलियाका अनुसार एसएसपी कमल थापा संयोजक रहेको ५ सदस्यीय छानबिन समिति बनाइएको हो ।

    सामाजिक सञ्जालमा भाइरल अडियोमा एसपी केसी र तिलाठी कोइलाडी गाउँपालिका-४ का सञ्चारकर्मी प्रह्लाद सिंह ‘विक्की’बीच संवाद भएको बताइएको छ ।

    उक्त संवादमा एसपी केसीले राजविराज नगरपालिका-३ का मुस्तकिम आलमलाई लक्षित गर्दै गालीगलौज तथा धम्कीपूर्ण भाषा प्रयोग गरेको सुनिन्छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar