अब घरबाटै एनओसी लिन सकिने

  • कालिका खवर
  • आइतवार, बैशाख ६, २०८३
  • काठमाडौं । वैदेशिक अध्ययनमा जाने विद्यार्थीले अब घरैबाट वैदेशिक अध्ययन अनुमतिपत्र ‘नो अब्जेक्सन सर्टिफिकेट’ (एनओसी) पाउने भएका छन् ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको सानोठिमीस्थित एनओसी शाखाले एनओसी सर्टिफिकेट लाई फेसलेस बनाउन एनओसी अनलाइन पोर्टल र त्रिभुवन विश्वविद्यालय (त्रिवि) तथा काठमाडौँ विश्वविद्यालय९केयू०बीच एपीआई गर्ने कार्य सम्पन्न गरेको हो ।

    एनओसी शाखाका अनुसार वैशाख ४ गते त्रिविसँग सम्झौता भएको छ। केयूसँग यसअघि नै सम्झौता भइसकेको थियो। यो सँगै अब विदेश पढ्न जान चाहने विद्यार्थीले घरमै बसेर अनलाइनमार्फत एनओसीका लागि आवेदन दिन सक्नेछन्। प्रक्रिया पूरा गरेर घरै बसीबसी प्रमाणपत्र आफैँले प्रिन्ट गरी प्राप्त गर्न सकिने भएको हो ।

    जन्ममिति विवरणको आधारमा एनईबीसँग अन्तरआवद्धता भएको सिस्टमबाट प्रमाणपत्र देखिएमा मात्रै एनओसी भेरिफिकेसन गरिन्थ्यो। अब यी सारा प्रक्रियाका लागि कार्यालय जानु नपर्ने एनओसी शाखाले जनाएको छ। एनओसी शाखाको अन्तरआबद्धता महालेखा नियन्त्रणको कार्यालयको ‘रेभिन्यू इन्फरमेशन क्यासलेस म्यानेजमेन्ट सिस्टम’सँग बनाइएको छ। एनओसीको राजस्व पूर्ण रूपमा अनलाइनमार्फत् जम्मा हुनेछ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar