मोटरसाइकल दुर्घटनामा महिलाको मृत्यु

  • कालिका खवर
  • शनिबार, बैशाख ५, २०८३
  • काठमाडौं : सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर ७ स्थित मझौरामा भएको मोटरसाइकल दुर्घटनामा एक महिलाको मृत्यु भएको छ ।

    जिल्लास्थित पातो–कठौना भित्री सडक खण्डमा शुक्रबार पातोबाट अर्नाहा तर्फ जाँदै गरेको स ८ प ९८९३ मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा सोही मोटरसाइकलमा पछाडि सवार अन्दाजी ५५ वर्षीया मन्जु देवी मण्डलको मृत्यु भएको हो ।

    दुर्घटनामा गम्भीर घाइते भएका मण्डललाई तत्काल उपचारका लागि छिन्नमस्ता अस्पताल, राजविराजमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी निरीक्षक विजय कार्कीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar