कांग्रेसको क्रियाशील सदस्यता खारेज गर्न नमिल्ने नेता खड्काको भनाइ

  • कालिका खवर
  • सोमवार, चैत्र ३०, २०८२
  • काठमाडौँ : नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टीको क्रियाशील सदस्यता कसैले खारेज गर्न नमिल्ने बताएका छन् । नेता खड्काले पार्टी कार्यावाहक सभापतिको हैसियतले आज एक विज्ञप्ति जारी गरी पार्टी सदस्यता कुनै नेताको भाषणमार्फत खारेज गर्न नसक्ने बताएका हुन् ।

    “निर्दलीय निरङ्कुश पञ्चायती व्यवस्थामा कांग्रेस पार्टी प्रतिबन्धित रहेको बेला ज्यान हत्केलामा राखेर लिएको पार्टी सदस्यता कुनै नेताले आवेग, उत्तेजना वा लहडमा भाषणमार्फत खारेज गरिने विषय जायज होइन, हुन सक्दैन”, उनले भनेका छन् ।

    खड्काले पार्टीको सदस्यता कुनै नेताको हारजितसँग नभएर नेपालको राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता, लोकतन्त्र र नागरिक स्वतन्त्रताको लडाइँ, योद्धाहरूको योगदान र सहादत प्राप्त गरेका सहिद परिवारको सम्मानसँग जोडिएको ऐतिहासिक निस्सा भएको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar