पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई आज भारत प्रस्थान

  • कालिका खवर
  • आइतवार, चैत्र २९, २०८२
  • काठमाडौँ : पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत प्रस्थान गरेका छन्। भारतको ग्वालियरस्थित आईटीएम युनिभर्सिटीको औपचारिक निमन्त्रणामा ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ मा प्रमुख वक्ताका रूपमा सहभागी हुन उनी आज भारत प्रस्थान गरेका हुन्। भ्रमणमा उनीसँगै पूर्वमन्त्री एवं नेतृ हिसिला यमी पनि गएकी छन्। डा. भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसर पारेर वैशाख १ गते आयोजना हुने यो व्याख्यानलाई बौद्धिक वृत्तमा विशेष महत्त्वका साथ हेरिएको छ।

    विगत ११ वर्षदेखि चल्दै आएको यो कार्यक्रममा यसअघि भारतका उच्च पदस्थ व्यक्तित्व र विश्वप्रसिद्ध विद्वानहरूले सम्बोधन गरिसकेका छन्। ग्वालियरमा रहँदा भट्टराईले त्यहाँका विद्यार्थी, प्राध्यापक र अनुसन्धानकर्ताहरूसँग समसामयिक विषयमा अन्तरक्रिया समेत गर्ने कार्यतालिका छ।

    ग्वालियरको कार्यक्रम सकिएलगत्तै डा. भट्टराई नयाँ दिल्ली प्रस्थान गर्नेछन्। वैशाख २ गते उनले साउथ एसियन युनिभर्सिटी (साउ) को सामाजिक विज्ञान संकायद्वारा आयोजित इन्टरडिसिप्लिनरी कन्भर्सेसनमा मुख्य सम्बोधन गर्ने बताइएको छ। दुवै कार्यक्रम सकेर भट्टराई वैशाख २ गते साँझ नै नेपाल फर्किने तालिका रहेको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar