वनस्पति स्रोतहरु संरक्षण गर्न नसके भविष्य नै संकटमा जान्छ : मन्त्री चौधरी

  • कालिका खवर
  • आइतवार, चैत्र २९, २०८२
  • काठमाडौं । वन तथा कृषि तथा पशुपंछी विकासमन्त्री गीता चौधरीले मानव गतिविधि, जलवायु परिवर्तन र असन्तुलित उपयोगका कारण वनस्पति स्रोतहरु संकटमा परेको बताएकी छिन् ।

    वनस्पति विभागको ६६ औं वार्षिकोत्सव तथा २७ औं वनस्पति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले हामीले लिने अक्सिजनदेखि औषधि, खाद्य रोजगारी र आर्थिक विकास जस्ता सबै क्षेत्रमा वनस्पतिको प्रत्यक्ष योगदान भएता पनि अहिले यस क्षेत्र संकटमा रहेको चिन्ता व्यक्त गरिन् ।

    मन्त्री चौधरीले वनस्पति स्रोतलाई समयमा नै संरक्षण र व्यवस्थापन गर्न नसके भविष्य नै संकटमा पर्ने धारणा राखिन् । उनले भनिन्, ‘हामीले लिने अक्सिजनदेखि औषधि, खाद्य रोजगारी र आर्थिक विकास जस्ता सबै क्षेत्रमा वनस्पतिको प्रत्यक्ष योगदान रहेको छ । तर मानव गतिविधि,जलवायु परिवर्तन र असन्तुलित उपयोगका कारण वनस्पति स्रोतहरु संकटमा परेका छन् । यसलाई समयमा नै संरक्षण र व्यवस्थापन गर्न नसके हामी आफै आफ्नो भविष्य संकटमा पार्न सक्छौँ ।’

    त्यस्तै, उनले अझै पनि वनस्पतिको कच्चा पदार्थको निर्यात गर्ने परम्परा तोड्न नसकेको बताउँदै अबको बाटो भनेको अनुसन्धान प्रविधिको रहेको धारणा राखिन् । अहिलेको सरकारले नीति र ऐनहरुको विषयमा प्राथमिकतामा राखेर काम अगाडि बढाइरहेको भन्दै वनस्पति विभागसम्बन्धी आवश्यक नीति कानुनहरु पनि निर्माण गरिने विश्वास दिलाइन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar