संयुक्त बैठकलाई सम्बोधन गर्न राष्ट्रपति पुगे संसद् भवन

  • कालिका खवर
  • शुक्रबार, चैत्र २७, २०८२
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने सिंहदरवास्थित संसद् बैठकमा पुगेका छन् । त्यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादव पनि संसद् भवन पुगेका छन् । राष्ट्रपति पौडेल संसद् भवन पुग्दा सभामुख डोलप्रसाद अर्याल र राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले स्वागत गरेका छन् ।

    नेपाल सरकार,मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा,९५ बमोजिम दिउँसो ३ बजे सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् । त्यसका लागि दुवै सदनका सदस्यहरूलाई उपस्थितिका लागि आह्वान गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar