अध्यक्ष रिहा भएपछि एमाले महासचिवले भने– गैरकानुनी गिरफ्तारीको औचित्य पुष्टि हुन सकेन

  • कालिका खवर
  • बिहिबार, चैत्र २६, २०८२
  • काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको गैरकानूनी गिरफ्तारी पुष्टि हुन नसकेको बताएका छन् ।

    ओली र लेखकको रिहाईपछि महासचिव पोखरेलले गौरीबहादुर कार्की आयोगको पूर्वाग्रही प्रतिवेदनको आधारमा पक्राउ गरिएको भएपनि १० बित्दासमेत कुनै औचित्य पुष्टि हुन नसकेको बताएका हुन् ।

    उनले भनेका छन्, ‘कार्की आयोगको प्रतिसोधी, पूर्वाग्रही र अपूर्ण प्रतिवेदनलाई आधार बनाएर गरिएको गैरकानुनी गिरफ्तारीको १० दिन बित्दा पनि औचित्य पुष्टि हुन सकेन। अन्ततः हाजिरी जमानीको सहारा लिनु पर्‍यो यसले धेरै प्रश्न उठाएको छ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar