टिचिङ अस्पतालमा पनि शनिबार र आइतबार बिदा

  • कालिका खवर
  • बिहिबार, चैत्र २६, २०८२
  • काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा पनि शनिबार र आइतबार बिदा हुने भएको छ ।

    बिहीबार अस्पतालले एक सूचना प्रकाशित गर्दै सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेसँगै टिचिङमा पनि हप्ताको दुई दिन बिदा हुने जानकारी दिएको हो ।

    एक सूचना प्रकाशित गर्दै अस्पताल प्रशासनले अबदेखि शनिबार र आइतबार दुई दिन बिदा हुने जनाएको हो । शनिबार र आइतबारबाहेकका दिन कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ । अस्पतालका अनुसार ओपीडी र शल्यक्रिया सेवा भने अरु दिन पनि सञ्चालन हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar