जडीबुटीमा नम्बर नखुलेको गाडीले ठक्कर दिँदा युवकको मृत्यु

  • कालिका खवर
  • बुधबार, चैत्र २५, २०८२
  • काठमाडौँ । काठमाडौँ महानगरपालिका–३२ जडिबुटीमा नम्बर नखुलेको सवारीले ठक्कर दिँदा एकजना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाको भिमेश्वर नगरपालिका–१ घर भएका १९ वर्षीय बिराज थामी छन् । गएराति साढे ११ बजेतिर जडीबुटीबाट पेप्सिकोला तर्फको सडकमा घाइते अवस्थामा भेटेपछि प्रहरीले उनलाई भक्तपुरको इन्टरेनशनल अस्पतालमा पठाएको थियो ।

    उपचारको क्रममा राति नै उनको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेश सुवेदीले  बताए । उनको टाउकोमा चोट लागेको छ । ठक्कर दिने सवारीको पहिचान नखुलेको र सवारीको नम्बर पहिचान गर्ने प्रयास भइरहेको एसपी सुवेदीले बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar