सुलेमानीकी भतिजी र नातिनी अमेरिका हिरासतमा

  • कालिका खवर
  • शनिबार, चैत्र २१, २०८२
  • वाशिङ्टन  । अमेरिकी विदेश मन्त्रालय ले जारी गरेको विज्ञप्तिअनुसार इरानका ‘रिभोलुसनरी गार्ड्स कर्प्स’ (IRGC) का मेजर जनरल कासिम सुलेमानी की भतिजी र उनकी छोरी (नातिनी) लाई अमेरिकी संघीय सुरक्षा अधिकारीहरूले पक्राउ गरेका छन्।

    विज्ञप्तिमा मृतक सुलेमानीकी भतिजीको नाम हमिद सुलेमानी अफसार रहेको उल्लेख गरिएको छ भने उनकी छोरीको नाम सार्वजनिक गरिएको छैन। दुवै हाल यूएस इमिग्रेशन एण्ड कस्टम्स इन्फोर्समेन्ट (ICE) को हिरासतमा रहेको जनाइएको छ।
    सुलेमानी सन् २०२० जनवरीमा इराकको राजधानी बग्दाद मा अमेरिकी ड्रोन आक्रमणमा मारिएका थिए। उक्त समयमा उनी IRGC को विदेश मामिला शाखाको नेतृत्व गरिरहेका थिए। सो आक्रमण तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प को पहिलो कार्यकालको अन्तिम वर्षमा भएको थियो।

    अमेरिकी विदेश मन्त्रालयका अनुसार प्रेस रिपोर्टिङ र सामाजिक सञ्जालमा आएका अभिव्यक्तिहरूले सुलेमानी अफसार इरानको वर्तमान सत्ताको मुखर समर्थक रहेको संकेत गरेको जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar