अध्यक्ष ओलीको पिसाबमा संक्रमण देखियो, तत्काल पत्थरीको शल्यक्रिया नहुने

  • कालिका खवर
  • बिहिबार, चैत्र १९, २०८२
  • काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल पत्थरीको शल्यक्रिया नहुने भएको छ ।

    त्रिवि शिक्षण अस्पतालमा उपचाररत अध्यक्ष ओलीले पित्तथैलीमा रहेको पत्थरीको शल्यक्रिया गर्ने इच्छा व्यक्त गरेपछि विभिन्न परीक्षण गरिएको थियो ।

    परीक्षणका क्रममा उनको पिसाबमा संक्रमण देखिएको हो । जसले गर्दा उनको शल्यक्रिया केही दिन पछि सरेको छ ।

    यसअघि नै ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी देखिएको थियो। अब पिसाबको संक्रमण निको भएपछि मात्रै पत्थरीको शल्यक्रिया गरिनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar