एमालेको सचिवालय बैठक बस्दै, आन्दोलनका थप कार्यक्रमबारे छलफल हुने

  • कालिका खवर
  • मङ्लबार, चैत्र १७, २०८२
  • काठमाडौं । नेकपा (एमाले)ले सचिवालय बैठक बोलाएको छ । पार्टी कार्यालय च्यासलमा आज बिहान ११ बजे सचिवालय बैठक बस्न लागेको हो । पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउपछि पार्टीको दोस्रो सचिवालय बैठक बस्न लागेको हो ।

    यसअघि शनिबार बसेको आकस्मिक सचिवालय बैठकले अध्यक्ष ओलीलाई तत्काल रिहा गर्न माग गर्दै कानुनी तथा राजनीतिक रूपमा सशक्त प्रतिवाद गर्ने निर्णय गरेको थियो ।  सोही दिनबाट पार्टीको जनसंगठनहरूको तर्फबाट देशभर विरोध प्रदर्शन भइरहेको छ ।

    साथै, चैत १५ गते देशैभरका जिल्ला पार्टी कमिटीहरुले प्रदर्शनसहित प्रमुख जिल्ला अधिकारी कार्यालयमार्फत पूर्वप्रधानमन्त्री ओली र कांग्रेस नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउको विरूद्धमा सरकारलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

    आजको सचिवालय बैठकमा आन्दोलनका थप कार्यक्रमबारे छलफल हुने बताइएको छ । अध्यक्ष ओलीलाई राजनीतिक प्रतिशोधका आधारमा गैरकानुनी रुपमा पक्राउ गरिएको भन्दै एमालेले देशभर विरोध प्रदर्शनका कार्यक्रमहरु गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar