रास्वपाले १८ सदस्यीय मन्त्रिपरिषद बनाउने

  • कालिका खवर
  • शुक्रबार, चैत्र ६, २०८२
  • काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले १८ सदस्यीय मन्त्रिपरिषद बनाउने गृहकार्य सुरु गरेको छ । २१ फागुनको निर्वाचनबाट प्रचण्ड बहुमतसहित सरकार सञ्चालनको संघारमा पुगेको रास्वपाले १८ सदस्यीय मन्त्रिपरिषद गठनको तयारी गरेको हो ।रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले १८ सदस्यीय मन्त्रिपरिषद बैठक गठनको प्रयास भइरहेको जानकारी दिए ।

    उनका अनुसार यसक्रममा केही मन्त्रालय गाभ्ने कि मन्त्रीहरुलाई दोहोरो जिम्मेवारी दिने भन्ने विषयमा छलफल चलिरहेको छ । ‘मन्त्रालयको संख्या र मन्त्री बन्नेहरुको नामावली टुंगो लागिसकेको छैन । तर हामी सकेसम्म १८ वा त्योभन्दा कम गर्ने गरी छलफलमा छौं,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar