पार्टी सुधारका विषयमा काँग्रेसले माग्यो सुझाव

  • कालिका खवर
  • सोमवार, चैत्र २, २०८२
  • काठमाडौँ : नेपाली काँग्रेसले पार्टीभित्र आवश्यक सुधारका विषयमा कार्यकर्ता तथा समर्थकसँग सुझाव संकलन गर्न आह्वान गरेको छ। पार्टीका महामन्त्री प्रदीप पौडेलले सामाजिक सञ्जालमार्फत सार्वजनिक अपिल जारी गर्दै नीतिगत, संरचनागत र व्यवहारिक पक्षमा सुधारका सम्भावित उपायबारे राय दिन आग्रह गरेका हुन्।

    उनले हालै सम्पन्न २०८२ सालको आम निर्वाचनको परिणाम सार्वजनिक भइसकेको र गत पुसमा सम्पन्न विशेष महाधिवेशनले तय गरेका कार्यदिशालाई ध्यानमा राख्दै निकट भविष्यमा पार्टीको नियमित महाधिवेशन आयोजना गर्ने तयारी रहेको उल्लेख गरेका छन्। यसै सन्दर्भमा पार्टीको भावी दिशा तय गर्न केन्द्रीय कार्यसमितिको बैठक बस्न लागेकाले सुधारसम्बन्धी सुझाव संकलन गर्न पहल गरिएको उनको भनाइ छ।

    महामन्त्री पौडेलले प्राप्त सुझावहरूलाई पार्टीले आवश्यक रूपमा समेट्ने प्रतिबद्धता पनि जनाएका छन्। नेपाली काँग्रेसले निर्वाचनपछिको समग्र अवस्थाको समीक्षा गर्दै आगामी रणनीति तय गर्ने प्रक्रियामा रहेको बताइएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar