मुख्यमन्त्रीमाथि घुस मागेको आरोप लगाउने वन अधिकृत पक्राउ

  • कालिका खवर
  • सोमवार, चैत्र २, २०८२
  • धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन्।

    जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले भट्टलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय परिसरबाटै सोमबार नियन्त्रणमा लिएको हो।

    मुख्यमन्त्री शाहका स्वकीय सचिव प्रयागराज खनालले भट्टविरुद्ध विद्युतीय अपराध (साइबर अपराध) सम्बन्धी मुद्दामा जाहेरी दिएपछि उनलाई पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

    मुख्यमन्त्रीमाथि लगाएको आरोपका सम्बन्धमा मन्त्रालयले सोधेको स्पष्टीकरण बुझाउन पुगेका बेला भट्टलाई प्रहरीले नियन्त्रणमा लिएको हो। उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar