फागुन २१ को चुनाव जनमत सङ्ग्रह पनि हो : अध्यक्ष ओली

  • कालिका खवर
  • आइतवार, फाल्गुन १७, २०८२
  • झापा । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन साधारण चुनाव नभएर जनमत सङ्ग्रह समेत रहेको बताएका छन् ।

    निर्वाचनले राष्ट्रवादी र राष्ट्र विरोधी कित्ताको निर्क्याेल गर्ने भएकाले यसलाई जनमत सङ्ग्रहको रूपमा लिनुपर्ने ओलीको भनाइ छ ।  फागुन २१ को प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गएका बेला पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आफ्नो निर्वाचन क्षेत्र झापा–५ का मतदाताहरूसँग साक्षात्कार गरिरहेका छन् ।

    यसैक्रममा आइतबार दमक नगरपालिका–१ मा भएको कार्यक्रममा उनले आगामी निर्वाचनलाई साधारण चुनाव मात्र नभई जनमत सङ्ग्रहको रूपमा लिनु पर्ने बताएका हुन् ।

    ‘यो निर्वाचनबाट जनताले राष्ट्रवादी र राष्ट्र विरोधी कित्ताको निर्क्योल गर्छन्’, ओलीको भनाइ छ । उनले देशलाई अस्तव्यस्तामा धकेलेर अस्थिरता निम्त्याउन खोज्नेहरू सक्रिय हुन खोजेको भन्दै आगामी चुनावबाट त्यस्तालाई सधैँका लागि थान्को लगाउनुपर्ने बताए ।

    नेपालाई विदेशीको परेड खेल्ने स्थल हुन बाट जोगाउन समेत आगामी निर्वाचनबाट राष्ट्रवादी शक्तिको जीत जरुरी रहेको भन्दै उनले राष्ट्रवादी शक्तिको नेतृत्व एमालेले गरी रहेको दाबी गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar