लेलेमा एमालेको माहोल बन्दै , रास्वपा पुगेका कार्यकर्ता एमालेमै फर्किएर घरदैलौमा

  • कालिका खवर
  • शुक्रबार, फाल्गुन १५, २०८२
  • ललितपुर– गोदावरी नगरपालिका वडा नम्बर ५ मा नेकपा एमालेको माहोल बन्दै गएको छ । ललितपुर क्षेत्र नम्बर १ को एमाले उम्मेद्वार चेतनाथ सञ्जेल चुनावी घरदैलोका क्रममा लेले पुग्दा त्यहाँका वासिन्दाले राम्रो सद्भाव देखाएका छन् ।

    डिगाउँ , महतगाउ, काब्रे , रिङ्गापुर शहर, मजुवा, खत्रीगाउँ , सिजापति , थापागाउँ , पहाडे लगायत गाउँका वासिन्दाले नयाँ उम्मेद्वार भन्दै सञ्जेलसँग आफ्ना कुरा राख्न र शुभकामना दिन तल्लिन थिए ।

    यसअघि एमालेबाट रास्वपामा हिँडेका कति कार्यकर्ताहरु शुक्रबारको एमालेको घरदैलोमा पुगेका थिए । चम्पेश्वरीबाट सुरु भएको घरदैलो तल्लो टोल , माझा टोल हुँदै माथिल्लो टोलसम्म पुगेर बल्ल लेलेका अन्य गाउँमा पुगेको थियो ।

    क्षेत्र नम्बर १ की निर्वाचन कमाण्डर शुसीला नेपाल , प्रदेश मन्त्री मधुसुधन पौडेल , सहकमाण्डर नवराज सिल्वाल , केन्द्रिय सदस्य तारा संजेल , समानुपातिक उम्मेद्वार सुरेन्द्र मोहन शर्मा , निर्वाचन परिचालन कमिटी सचिव गम्भिर राना लगायत उपस्थित थिए ।

    उम्मेद्वारलाई माझाटोलमा सगुन खुवाइएको थियो भने गाउँ गाउँमा माला अविर र टीका लगाएर आर्शिवादसँगै विजयका निम्ती शुभकामना दिए । र्


    एमालेको पहलमा तल्लो महतगाउँको र महतगाउँको बाटो ढलान भएपनि अन्य पार्टिले आफुले नै गरेको पनि प्रचार गरिरहेका छन् , घरदैलोका क्रममा एक स्थानीयले भने र्, यहाँ नैतिकता गुमाएर गलत कुराको प्रचार भइरहेको छ । उनीहरुले यही भूगोलको उम्मेद्वार भन्दै चेतनाथलाई यसपटक साथ दिने बताएका छन् ।

    उम्मेद्वारको वेट मिलेन , अलि परिचय नभएका उम्मेद्वार भए , संसदमा पुगेपनि यहाँको आवाज उठाउन सक्दैनन् भन्ने भ्रम यो वडा भरी पिटिएको छ , एक स्थानीयले भने र्, हामी यो भ्रममा पर्दैनौ , चुनाव जितेमा चेतनाथले पहिला बाग्मती प्रदेश सभामा भएजस्तै विकासका योजनाहरु हम्रो क्षेत्रमा ल्याउनुहुनेछ ।

    एक बृद्ध बुबाले यसपटकको आफ्नो मत यही माटोको परिवेश बुझेको देश बनाउनेलाई दिने बताए र्। यहाँबाट सार्वजनिक यातायात पुरै गोदावरी परिक्रमा गर्ने गरी बनेदेखी सजिलो हुन्थ्यो , उनले भने  ।

    घरदैलोमा उठेका विषयको जवाफ दिने क्रममा चेतनाथले सडकको स्तर उन्नती गर्ने , यहाँका मठ मन्दिर सँगै धार्मीक सांस्कृतिक महत्वका वस्तुको संरक्षण गर्ने , गुणस्तरीय शिक्षालाई प्राथमिकता दिँदै स्वास्थ्य संस्थाबाट दिने सेवालाई सहज र सुलभ बनाउने प्रतिवद्धता जनाए । उनले यहाँको खानीको सहि ब्यवस्थापन गर्दै खानेपानीको संरक्षणसहित सुलभ वितरण तथा रोजगारीको अवसर गाउँमै सिर्जना गर्ने अवसर खोज्ने बताए ।

    उनले तिलेश्वर , रणमुक्तेश्वर , मनकामना , फूलचोकी , चम्पेश्वर, पशुपतिनाथ , गंगा जमुना , ज्ञानकुण्ड लगायत अन्य सम्पदा संरक्षण गरी धार्मीक पर्यटनका लागि पहल गर्ने बताए ।

    र् कतिपय स्थानमा सडकको स्तरउन्नती गर्दै ढल निर्माण गर्नुपर्ने छ , पहिरो नियन्त्रणका विषयमा पनि ठोस पहलहरु गर्नुपर्नेछ , उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar