रास्वपासहित विभिन्न पार्टीबाट ३ सय ५० भन्दा बढी एमाले प्रवेश

  • कालिका खवर
  • बुधबार, फाल्गुन १३, २०८२
  • दमक । निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले)मा प्रवेश गर्नेहरुको लहर बढेको छ । यसैक्रममा झापाको क्षेत्र नं. ५ स्थित दमक ४ बाट ३ सय ५० जनाभन्दा बढी एमालेमा प्रवेशमा प्रवेश गरेका छन् ।

    आज धरधरे टोलमा आयोजित कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीसहित विभिन्न दल परित्याग गरि उनीहरु एमालेमा प्रवेश गरेका हुन् । एमाले प्रवेश गर्नेहरुलाई एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीमा स्वागत गरेका हुन् ।

    विगतमा समेत एमाले र अध्यक्ष ओलीकै नेतृत्वमा यो क्षेत्रको विकास भएको र आगामी दिनमा पनि ओली बाहेक अरुले विकासको अगुवाई गर्न नसक्ने ठहर गरी एमालेमा प्रवेश गरेको उनीहरुले बताए ।

    यसअघि समेत रास्वपाका क्षेत्रीय नेताहरुसहित विभिन्न व्यक्ति एमालेमा प्रवेश गरिसकेका छन् । आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचनका लागि यस क्षेत्रबाट एमाले अध्यक्ष ओली उम्मेदवार रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar