रास्वपा सरकार गठन भएको एक हजार दिनमा सुकुम्बासी समस्या समाधान गर्ने बालेनको बाचा

  • कालिका खवर
  • सोमवार, फाल्गुन ११, २०८२
  • काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह (बालेन)ले भूमिहीन, सुकुम्वासी तथा अव्यवस्थित बसोबासको समस्यालाई न्यायोचित र दिगो समाधान प्रतिबद्धता जनाएका छन् ।

    आज आफ्नो वाचा पत्र सार्वजनिक गर्दै उनले रास्वपा सरकार गठन भएको १०० दिनमा आयोग गठन गर्ने र १००० दिनमा समाधान निकाल्ने बाचा गरेका छन् ।

    झापा ५ मा रहेका सुकुम्वासी र भूमिहीनहरूको समस्या समाधान गर्ने अधिकारसम्पन्न आयोग गठन गरेर सुकुम्वासीहरूलाई न्याय दिने बताएका हुन् ।

    बालेनको वाचा पत्रमा ऐलानी जग्गासम्बन्धी उचित व्यवस्था एवं नक्सांकन अभिलेख नभएका जमिनहरूको नापी नक्सा अभिलेखीकरण कार्य सम्पन्न गर्ने पनि उल्लेख गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar