एभोकाडोमा खटिराजन्य रोगको समस्या

  • कालिका खवर
  • सोमवार, फाल्गुन ११, २०८२
  • चितवन : जिल्लामा लगाइएको एभोकाडोमा क्याङ्कर (खटिराजन्य) रोगको समस्या देखिएको छ । जिल्लाको पूर्वी र पश्चिम क्षेत्रमा लगाइएको एभोकाडोको बगैँचामा यो रोगको समस्या देखिएको हो ।

    कृषि विकास कार्यालय चितवनकी बागवानी विकास अधिकृत स्वस्तिका चौहानका अनुसार ढुसीजन्य कारणले यो रोगको सङ्क्रमण देखिएको हो । उनले भने “अहिले यो रोगको समस्या देखिएको छ । हामीले परीक्षणका लागि पठाएका छौँ ।” उनले भने “चितवनमा पहिलो पटक यो रोगको समस्या देखिएको हो ।” यो रोग ‘फाइटोप थेरा मेनेङ्गी’ नामक जीवाणुका कारण लाग्ने गर्दछ ।

    माटो र पानीबाट जीवाणु सर्ने गर्दछन् । उनका अनुसार यो रोग लागेको बोटमा हाँगा मर्न लागेको जस्तो देखिने, पछि बुटै मर्ने जस्तो समस्या आउने गर्दछ । बगैँचामा सिँचाइ गर्दा सिधैँ बोटमा पुग्ने गरी सिँचाइ नगर्न, बोटमा घाउँ खटिरा देखिएमा बोडोपेष्ट लगाउन उनले सुझाव दिए । बागवानी विकास अधिकृत चौहानले भने “बगैँचा सरसफाइमा ध्यान दिने, घाउचोट कम लगाउने, सिँचाइमा ध्यान दिने जस्ता कार्य गर्न सके यो रोगबाट बगैँचालाई जोगाउन सकिने छ ।”

    रोग देखिएमा ढुसिनासक औषधिको प्रयोग गर्न उनले सुझाव दिए । जिल्लामा अहिले ६ दशमलब ५ हेक्टर क्षेत्रफलमा एभोगाडो खेती गरिँदै आइएको छ । उनका अनुसार सो क्षेत्रफलमा ५१ मेट्रिकटन एभोगाडो उत्पादन हुँदै आएको उहाँले जानकारी दिए । विगत केही वर्षदेखि चितवनमा यो खेती हुन थालेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar