पर्सा–३ मा रामाकान्त चौरसियाको ‘भोटकटुवा’ भूमिका, क्षेत्र–२ मा प्रभाव

  • कालिका खवर
  • सोमवार, फाल्गुन ४, २०८२
  • वीरगंज– विकास योजना कार्यान्वयन नगरी अलपत्र पार्ने आरोप खेप्दै आएका ठेकेदार रामाकान्त चौरसिया राजनीतिमा प्रवेश गरी राष्ट्रिय स्वतन्त्र पार्टी बाट टिकट लिएर पर्सा–३ मा उम्मेदवारी दिएका छन्। तर स्थानीय मतदाताबीच उनको लोकप्रियता अपेक्षाकृत कमजोर रहेको बताइएको छ।

    चौरसियाले आफू जितको दाबी गरे पनि धेरै मतदाताले उनलाई “भोटकटुवा” उम्मेदवारका रूपमा चित्रण गरेका छन्। उनी क्षेत्र नम्बर २ का स्थायी बासिन्दा भए पनि जातीय समीकरण मिलाउन पर्सा–३ बाट उम्मेदवार बनेको चर्चा छ। उनका नातेदार अजयकुमार चौरसिया क्षेत्र–२ बाट नेपाली कांग्रेसका उम्मेदवार रहेकाले क्षेत्र–२ को समीकरण प्रभावित नहोस् भन्ने रणनीतिमा उनी पर्सा–३ सरेको विश्लेषकहरूले बताएका छन्।

    क्षेत्र परिवर्तन गरेकाले उनी आफूले मतदान गर्न पाउँदैनन्। लामो समयदेखि क्षेत्रीय जनसम्पर्कमा सक्रिय नरहेको, निर्माण व्यवसायसँग जोडिएका अनियमितता र अधुरा योजनाका कारण उनका निर्वाचन प्रतिस्पर्धा चुनौतीपूर्ण हुने मतदाताहरूको धारणा छ।

    साथै, प्रचारक्रममा विद्यालयका बालबालिकाको प्रयोग र आचारसंहिता उल्लंघनको आरोप पनि उनको विपक्षमा उभिएको छ। सामाजिक लगानी र जनसम्पर्कको कमीले उनलाई “भोटकटुवा” उम्मेदवारको रूपमा चित्रित गरेको विश्लेषकहरूको भनाइ छ।

    यो क्षेत्रमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा र जसपा लगायतका दलबीच कडा प्रतिस्पर्धा हुने भए पनि चौरसियाको स्थिति दिनप्रतिदिन कमजोर हुँदै गएको स्थानीय राजनीतिक विश्लेषकहरूले बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar