श्रीसिया–२५ मा जसपा उम्मेदवार अशोक टेमानीको घरदैलोमा जनलहर, मतदातासँग प्रत्यक्ष संवाद

  • कालिका खवर
  • शनिबार, फाल्गुन २, २०८२
  • वीरगञ्ज। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशोक टेमानी को घरदैलो तथा कोनसभा अभियान तीव्र गतिमा अघि बढिरहेको छ। वीरगञ्ज महानगरपालिकाको वडा श्रीसिया–२५ मा आयोजित कार्यक्रममा टेमानीको उपस्थितिमा उल्लेखनीय जनलहर देखिएको छ।

    कार्यक्रममा टेमानीले स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, गुनासा र अपेक्षाहरू सुने। शिक्षा, स्वास्थ्य, सडक, खानेपानी, रोजगारी र किसानका मुद्दालाई प्राथमिकतामा राख्दै उनले “विकास र अधिकार सँगसँगै” भन्ने स्पष्ट राजनीतिक प्रतिबद्धता व्यक्त गरे।

    स्थानीयवासीले विगतका प्रतिनिधिहरूले जनताको आवाज संसदमा प्रभावकारी रूपमा उठाउन नसकेको गुनासो गर्दै यसपटक परिवर्तनका लागि नयाँ नेतृत्व आवश्यक भएको धारणा व्यक्त गरेका छन्। एक स्थानीयले भने, “हामीलाई भाषण होइन, काम गर्ने प्रतिनिधि चाहिएको छ। टेमानीजी जनताबीच पुगेर कुरा सुन्ने नेता भएकाले हाम्रो समर्थन उहाँलाई छ।”

    राजनीतिक विश्लेषकहरूले मधेशका मुद्दा, समावेशी प्रतिनिधित्व र स्थानीय विकासलाई राष्ट्रिय एजेण्डासँग जोडेर उठाउने जसपा नेपालको रणनीति क्षेत्रमा प्रभावकारी रहेको बताएका छन्। टेमानीको सरल स्वभाव, पहुँचयोग्य नेतृत्व शैली र स्थानीय स्तरमै सक्रिय भूमिका मतदाताका लागि निर्णायक बन्दै गएको देखिएको छ।

    निर्वाचन नजिकिँदै जाँदा अशोक टेमानीको घरदैलो कार्यक्रमले थप गति लिने र पालिकासहित पर्सा–२ क्षेत्रमा जसपा नेपालको आधार अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। कार्यक्रममा पूर्वमन्त्री करीमा बेगम लगायत नेता तथा कार्यकर्ताहरु उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar