स्टन्ट गरेको भरमा नेपाली जनता भ्रमित हुँदैनन् : सापकोटा

  • कालिका खवर
  • शनिबार, माघ २४, २०८२
  • काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीका नेता अग्निप्रसाद सापकोटाले राष्ट्रिय स्वतन्त्र पार्टी र बालेन शाहबीचको पछिल्लो सहकार्यलाई ‘स्टन्ट’ को रुपमा चित्रण गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले उनीहरूमा कुनै ठोस एजेण्डा नभएको र प्राविधिक सहमति मात्र भएको बताए । नयाँ शक्तिहरूका पछाडि भयानक तागत रहेको आरोप लगाउँदै नेपाली जनता अब भ्रममा नपर्ने दाबी समेत उनले गरे । नेता सापकोटाले रास्वपा र बालेन्द्र पक्षबीच भएको १० बुँदे सहमतिमा कुनै राजनीतिक दर्शन वा दीर्घकालीन दृष्टिकोण नभएको जिकिर पनि गरे ।

    घण्टी बजाएको भरमा र ‘स्टन्ट’ गरेको भरमा नेपाली जनता अब भ्रमित नहुने स्पष्ट उनले पारे । ‘अहिले जो रास्वपा र बालेनको बीचमा एकता भएको छ । तपाईंहरू विचार गर्नुहोला । यिनीहरूको न सिद्धान्त छ, न विचार छ, न दृष्टिकोण छ, न एजेण्डा छ । यिनीहरूको बीचमा सहमति भएको १० वटा बुँदामा प्राविधिक कुरा मात्रै छ । घण्टी बजाएको भरमा र हाम्रो संयोजक कमरेडले भनेजस्तै स्टन्ट गरेको भरमा नेपाली जनता अब भ्रमित हुँदैनन्,’ उनले भने ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar