पर्सा–२ मा जसपा उम्मेदवार अशोक टेमानीको घरदैलो, सात गाउँमा मतदातासँग प्रत्यक्ष संवाद

  • कालिका खवर
  • आइतवार, माघ १८, २०८२
  • वीरगंज  – पर्सा जिल्ला निर्वाचन क्षेत्र नम्बर–२ अन्तर्गत जनता समाजवादी पार्टी (जसपा) का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अशोक कुमार टेमानीले सोमबार पर्सागढ नगरपालिका वडा नम्बर–२ भित्र पर्ने सात वटा गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

    घरदैलो कार्यक्रमका क्रममा उम्मेदवार टेमानीले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट तथा संवाद गर्दै उनीहरूका समस्या, जिज्ञासा र सुझावहरू ध्यानपूर्वक सुने। स्थानीय बासिन्दाहरूले विकास निर्माण, आधारभूत सेवा–सुविधा, रोजगारी, शिक्षा, स्वास्थ्य तथा जनजीविकासँग सम्बन्धित विषयहरू उठाएका थिए।

    स्थानीयको भनाइलाई आफ्नो चुनावी एजेन्डामा समेट्ने प्रतिबद्धता व्यक्त गर्दै उम्मेदवार टेमानीले जनताको हितलाई केन्द्रमा राखेर काम गर्ने बताए। उनले विकास र सुशासनका लागि सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै जनसमर्थनको अपेक्षा व्यक्त गरे।

    आयोजकका अनुसार उक्त घरदैलो कार्यक्रम शान्त, मर्यादित र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar