कराँचीको सपिङ सेन्टर आगलागीबाट मृत्यु हुनेको संख्या ६० पुग्यो

  • कालिका खवर
  • बिहिबार, माघ ८, २०८२
  • इस्लामावाद । कराँचीको गुल प्लाजा सपिङ सेन्टरमा भएको आगलागीबाट मृत्यु हुनेको संख्या कम्तीमा ६१ पुगेको छ । अधिकारीहरूले बताएअनुसार शनिबारको भयावह आगलागीपछि ८० भन्दा बढी व्यक्ति अझै हराइरहेका छन् ।

    ३० शव ‘दुबई क्रोकेरी’ नाम गरेको पसलमा फेला परेको कराची दक्षिणका डेपुटी इन्स्पेक्टर जनरल सैयद असद रजाले डन बताए । आगलागी शुरु भएसँगै मलभित्र होहल्ला र भागदौड शुरु भएपछि उनीहरू पसलको ढोका बन्द गरेर बसेको हुन सक्ने मानिएको छ ।

    सिन्धका मुख्यमन्त्री मुराद अली शाहले मृतकको संख्या बढेकोमा दुःख व्यक्त गर्दै सबै शव निकालिएपछि मात्र भग्नावशेष हटाउने निर्देशन दिएका छन् ।

    अधिकारीहरूले शवको डीएनए नमुना सङ्कलन गर्दै पहिचानको काम जारी राखेका छन । बेपत्ताको संख्या धेरै भएकोले मृतकको संख्या अझ बढ्न सक्ने चेतावनी अधिकारीहरूले दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar