चल्ते/चलाते ढङ्गले विकसित परिस्थितिको सामना गर्न सकिँदैन : प्रचण्ड

  • कालिका खवर
  • मङ्लबार, पुस २९, २०८२
  • काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चल्ते/चलाते ढङ्गले विकसित परिस्थितिको सामना गर्न नसकिने भएकाले पार्टी एकता र रूपान्तरण गरिएको बताएका छन् ।

    मंगलबार नेकपाका केन्द्रीय सदस्यको शपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै संयोजक प्रचण्डले जनेजी आन्दोलनपछि पार्टी एकता र रूपान्तरण जरुरी रहेकाले नै त्यसतर्फ अघि बढेको बताएका हुन् ।

    ‘हाम्रा नवयुवाहरूले जस्तो नेपाल, जस्तो सामाजिक न्याय र समृद्धि चाहेका छन् । भ्रष्टाचारमुक्त समाजको परिकल्पना गरेका छन् त्यो समाज बनाइछाड्ने हामीले अपिल गरेका छौ’, प्रचण्डले भने, ‘पहिला हामी सांगठनिक संरचना निर्माण गरेर नेता कार्यकर्ताहरूलाई कार्यक्षेत्रमा पठाउने कोसिस गर्नेछौ ।’

    संयोजक प्रचण्डले पार्टी एकतामात्र नभएर राष्ट्रिय एकतालाई नै सुदृढ गर्नु रहेको भन्दै सँगसँगै वाम एकतालाई पनि सुदृढ गर्नु रहेकाले सबैले आआफ्नो ठाउँबाट सामना गर्न सक्नुपर्ने बताए ।

    कृषि, रोजगारी, प्राकृतिक स्रोत साधनको सदुपयोग गर्दै उत्पादन बढाएर आत्मनिर्भर बनाउँदै समाजवादको यात्रामा अघि बढ्न जरुरी रहेकोमा प्रचण्डको जोड छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar