पत्रकार सम्मेलन गर्दै पूर्वगृहमन्त्री लेखक

  • कालिका खवर
  • सोमवार, पुस १४, २०८२
  • काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला पदबाट राजीनामा दिएका पूर्वगृहमन्त्री रमेश लेखकले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वगृहमन्त्री लेखकले जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा सार्वजनिक गर्न कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन राखिएको छ ।

    जेनजी आन्दोलनका क्रममा गत भदौ २३ गते जनधनको क्षति भएपछि उनले सोही दिन साँझ नै राजीनामा दिएका थिए । त्यसपछि भदौ २४ गते काठमाडौं लगायत मुलुकका ठूला शहरहरुमा सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar