दुई वटा संसदीय समितिको बैठक बस्दै

  • कालिका खवर
  • मङ्लबार, पुस ८, २०८२
  • काठमाडौं । संघीय संसदअन्तर्गत आज दुई वटा समितिको बैठक बस्दैछ । मंगलबार विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेका हुन् ।

    विधायन व्यवस्थापन समितिको बैठक बिहान साढे १० बजे सिंहदरबारस्थित समितिको बैठक कक्षमा बस्न लागेको छ । बैठकमा उत्तर विधायिकी परीक्षणसम्बन्धी छलफल गर्ने कार्यसूचीमा तय गरिएको छ ।

    यस्तै, दिउँसो २ः३० बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा राष्ट्रिय प्रकृति संरक्षण कोषबाट भएका काम कारबाही, समस्या तथा चुनौती र भावी कार्ययोजना र राष्ट्रिय गौरवका आयोजना सञ्चालन गर्दा आवश्यक पर्ने ९इएलए०को सहजीकरण सम्बन्धमा छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar