सन्दीपले राजशाही वारियर्सबाट बीपीएल खेल्ने

  • कालिका खवर
  • आइतवार, मंसिर २८, २०८२
  • काठमाडौं । नेपाली क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले राजशाही वारियर्सबाट आगामी संस्करणको बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्ने भएका छन् ।

    राजशाहीले आज सन्दीपलाई टोलीमा अनुबन्ध गरिएको जनाएको हो । यस टोलीमा एनपीएल खेलेका न्युजिल्यान्डका अलराउन्डर जिमी नीशम पनि छन् । सन्दीपले यसअघि बीपीएल २०१८÷१९ मा सिलेट सिक्सर्सबाट एक सिजन खेलेका थिए । उक्त सिजनमा उनले ६ खेलमा ४ विकेट लिएका थिए।

    अन्तर्राष्ट्रिय क्रिकेटमा सन्दीपको प्रदर्शन प्रभावशाली रहँदै आएको छ । उनले नेपालका लागि ६८ टी–२० अन्तर्राष्ट्रिय खेल खेल्दै १२९ विकेट लिएका छन् । समग्रमा उनले आफ्नो करियरमा १६० टी–२० खेलमा २३७ विकेट लिएका छन् ।

    राजशाही वारियर्सका टोली अधिकारीहरूले सन्दीपको अन्तर्राष्ट्रिय तथा फ्रेन्चाइज अनुभवले यस सिजन टोलीको लक्ष्य पूरा गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2026 kalikakhabar.com All right reserved Site By : Kalika Khabar